घट्यो सुनको मूल्य

0
493

साउन १८,२०७९काठमाडौं : छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार तीन सय तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला ९५ हजार छ सयमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला तीन सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार आठ सय रुपियाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९५ हजार एक सय थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपियाँले घटेर एक हजार २१० रुपियाँ तोकिएको महासङ्घले जनाएको छ ।

SHARE