साउन १७,०७९दाङ : दाङको राप्ती गाउँपालिकाले भाइरल ज्वरो संक्रमण बढेपछि ७ दिनसम्म गाउँपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरेको छ।
गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले मंगलबार सूचना जारी गर्दै बुधबारदेखि यही साउन २४ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको जनाएको छ।
विद्यालयहरूमा भाइरल ज्वरोको संक्रमण बढेको देखिएकाले हिउँदे र वर्षे बिदा कट्टी हुने गरी सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेको कार्यपालिका बैठकले निर्णय गरेको शिक्षा शाखाका शाखा अधिकृत विश्वास विकले जानकारी दिए।