एकीकृत बस्ती निर्माणका लागि रकमको अभाब हुँदैन ः मन्त्री ज्ञवाली

0
492

तिलाचन पाण्डे

पुस १०, २०७६ गुल्मी ः नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले पहिरो पीडितका लागि पुर्न स्थापना कार्यक्रम अन्र्तगत एकीकृत बस्ती निर्माण गर्नका लागि बजेटको अभाब हुन नदिने प्रतिबद्धता जनाउका छन् ।
गुल्मी जिल्लाको सत्यावती गाउँपालिका वडा नं १ अस्लेवामा पुनस्र्थापना कार्यक्रम अन्र्तगत एकीकृत बस्तीको शिलन्यास कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले पहिरो पीडितहरुलाई ब्यबस्थापन गर्नका लागि बजेट अभाब हुन नदिने प्रतिबद्धता ब्याक्त गरेका हुन् । मन्त्री ज्ञवालीले पीडितहरुको पक्षमा नेपाल सरकार सधै साथमा रहने बताउदै तत्कालका लागि केन्द्र सरकारले ३० करोण रकम विनियोजन गरेको भन्दै मन्त्री ज्ञवालीले निर्माण हुने संरचनामा गुणस्तरलाई ध्यान दिन आग्रह गरे । केन्द्र सरकारले ३० करोण रकम बिनियोजन गरेकोमा प्रदेश सरकारले पनि १० करोण रकम बिनियोजन गरेको छ । पहिलो चरणमा ७९ घरपरिवारका लागि बस्ती निर्माण गरिने क्रमश तीन चरणमा एक सय ६० घर परिवारका लागि बस्ती निर्माण गर्ने गरी योजना तयार गरेको सत्यवती गाउँपालिका वडा नं १ अस्लेवाका वडा अध्यक्ष भीमलाल पाण्डेले जानकारी दिए ।


आयआर्जनका कार्यक्रम गर्न आग्रह
पहिरो पीडितहरुका लागि एकिकृत बस्ती निर्माण संगै आयआर्जनका कार्यक्रमहरुलाई प्रथामिकता दिन मन्त्री ज्ञवालीले आग्रह गरेका छन् । मन्त्री ज्ञवालीले अब देशको शत्रु भनेको गरिबी भएको भन्दै त्यसलाई अन्त्य गर्नका लागि आयआर्जनसंज जोडिनुपर्नेमा जोड दिए । मन्त्री ज्ञवालीले यस क्षेत्रमा उत्पादित बस्तुहरुलाई मध्यनजर गर्दै होम स्टे संचालन गरी आयआर्जनमा बृद्धि गर्न सकिने धारण समेत ब्याक्त गर्नुभएको छ । होम स्टे संगै कृषि र पशुपालनको माध्यमबाट आय आर्जनमा बृद्धि गर्न सकिने मन्त्री ज्ञवालीले दाबी गरे ।
अर्को एक फरक प्रसंगमा मन्त्री ज्ञवालीले सडक स्तरउन्नती र खानेपानीलाई आफूले पहिलो प्रथमिकता दिएको बताए । ग्रामीण स्तरबाट बसाई सराई रोक्नका लागि सडक संगै खानेपानीलाई पहिलो प्रथामिकता दिएको भन्दै शिक्षा , स्वास्थयको समुचित ब्यबस्थापन गर्नमा आफनो सदैब प्रयास रहने दाबी गरे ।
मन्त्री ज्ञवालीले आफूले निर्वाचनमा गरेका प्रतिबद्धताहरुलाई पुरा गरेरै छाडने दाबी समेत गरे । गत साउन ७ गते सत्यवती गाउँपालिलकाको लिम्घा र ठुलोलुम्पेकमा पहिरो जाँदा १३ जनाको मृत्यु भएको थियो । मन्त्री ज्ञवाली सत्यवती , चन्द्रकोट र कालीगण्डकी गाउँपालिकाका बिभिन्न कार्यक्रमहरुमा सहभागी हुने कार्यतालिका रहेको स्वकीय सचिब जंग नेपालीले जानकारी दिए ।

SHARE