टिकटक बनाउँदा तालमा बेपत्ता भएका युवाको शव फेला

0
247

साउन ११,२०७९सल्यान : गत मंगलबार दिउँसो साढे १२ बजे कुपिण्डे तालमा चिप्लिएर बेपत्ता भएका युवाको शव भेटिएको छ।

दाङ तुलसीपुर(६ का अन्दाजी ३६ वर्षका वेदबहादुर बस्नेतको बुधबार दिउँसो शव भेटिएको हो।

तालमा खसेर बेपत्ता भएपछि उनको सुर्खेतबाट आएको सशस्त्र प्रहरीको गोताखोर टोली र नेपाल प्रहरीलगायत सुरक्षाकर्मीले खोजी गरेका थिए।

बस्नेत खसेको ठाउँदेखि १५ मिटर पश्चिममा गहिराइमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी सुमित खड्काले बताए।

SHARE