खोलाले बगाएर वडा सदस्यको मृत्यु

0
267

साउन ११,२०७९ नुवाकोट : बेलकोटगढी नगरपालिका–१२ की महिला वडा सदस्य सुकुमई तामाङको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काका अनुसार वडा नम्बर १० र १२ हुँदै बगेको बेलकोट खोलाले बगाउँदा ५४ वर्षीया तामाङको मृत्यु भएको हो।

खेतमा काम गरेर फर्किने क्रममा वडा नं १० स्थित द्वारिका टहरोमा खोला तर्ने क्रममा उनलाई बगाएको हो ।

तामाङको शव करिब एक किलोमिटर तल वडा नम्बर १२ को रैकरे चौतीसमा भेटिएको खड्काले जानकारी दिए।

SHARE