टिकटक बनाउँदा चिप्लिएर तालमा एकजना बेपत्ता

0
269

साउन १०,२०७९सल्यान : सल्यानमा टिकटक बनाउने क्रममा चिप्लिएर लड्दा एक युवा कुपिण्डे तालमा बेपत्ता भएका छन्।

जिल्लाको कपुरकोट गाउँपालिका(६ सिनवाङ घर भई हाल दाङ तुलसीपुर उपमहानगरपालिका(६ बस्ने अन्दाजी ३७ वर्षको वेदबहादुर बस्नेतले बेपत्ता भएका हुन्।

साथीहरूसँग तालको छेउमा मंगलबार दिउँसो टिकटक बनाइरहेको अवस्था चिप्लिँदा उनी तालमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए।

SHARE