बस दुर्घटनामा मृत्यु भएका गुल्मीका २ जना सहित ६ जनाकै सनाखत

0
216

साउन ९,२०७९ पाल्पा : पाल्पाको रिब्दीकोट–२, लघुवामा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत भएको छ । आइतबार बेलुकी साढे ४ बजेतिर भएको बस दुर्घटना हुँदा ६ जना यात्रुको घटनास्थलमै मृत्यु भएको थियो ।

मृत्यु हुनेमा गुल्मी चन्द्रकोट–८, का १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसिकोट–७, बस्ने ४० वर्षीय लालबहादुर राना, रुपन्देही देवदह नपा–७, बस्ने वर्ष ८७ की डिलसरी कामी रहेको प्रहरीले जनाएको छ । यस्तै गरी कपिलबस्तु बाणगंगा नगरपालिका–२, बस्ने ४५ वर्षका सुरज भन्ने यज्ञबहादुर सोमै, नवलपरासी बर्दघाट नपा–५, की २४ वर्षीया पूर्णीमा कामी र बाग्लुङ बडिघार्ड गाउँपालिका–१० बस्ने ५५ वर्षकी यमकला थापा रहेको छ ।

दुर्घटनाका घाइते १६ जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । गम्भीर घाइते रुपन्देही देबदह–७, का ६१ वर्षीय खड्गबहादुर विक र म्याग्दी रुमा गाउँपालिका–२, की २८ वर्षीया सुमित्रा रोका रहनु भएको

तानसेनस्थित मिसन अस्पतालले जनाएको छ । उपचाररत ८ जनाको डिस्चार्ज भइसकेको छ । बाग्लुङ्को बुर्तिबाङ्देखि बुटवलका लागि हिँडेको लु१ज ५९५२ नम्बरको बस लघुवास्थित भीरबाट १५० मीटर तल खसेको थियो ।

SHARE