कमलको फूल टिप्ने बेलामा डुबेर मृत्यु

0
372

साउन ८,२०७९ रुकुम : रुकुम पूर्वको कमल दहमा डुबेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको सिस्ने गाउँपालिका ५ चोक बजारका ४५ वर्षीय गोपाल बिकको मृत्यु भएको हो।

दहमा पौडी खेल्न गएका बिकको कमलको फूल टिप्ने बेला डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए।

बिक दहमा डुबेको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेर उनको उद्धार गरेको थियो।

बिकलाई जिल्ला अस्पताल पुर्‍याए लगत्तै अस्पतालले मृत घोषणा गरेको डिएसपी डाँगीले बताए।

SHARE