सुनको मूल्य बढ्यो

0
367

साउन ६,२०७९ काठमाडौं : सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक हजारले बढेर ९४ हजार रुपियाँ तोकिएको छ ।

उक्त सुन अघिल्लो दिन प्रतितोला ९३ हजारमा कारोबार भएका थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार पाँच सय रुपियाँ छ ।

उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९२ हजार पाँच सय रुपियाँ थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० ले बढेर एक हजार १६५ रुपियाँ तोकिएको छ ।

SHARE