गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो

0
200

साउन२,२०७९ गुल्मीः गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्वर २ हटियामा लु ६ प २०२० नम्वरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानीय २६ वर्षीय लेकबहादुर पाल्पालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

शबलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुल्मीमा ल्याउने तयारी भइरहेको खरेलले बताए ।

SHARE