गुल्मीका १६ कृषक उद्यमीहरु सम्मानित

0
307
कृषक उद्यमीहरुलाई सम्मान र सम्मान पश्चात लिइएको सामुहिक तस्विर : तिलाचन पाण्डे

असार ३१,२०७९ गुल्मीःगुल्मीमा १६ जना कृषक उद्यमीहरु सम्मानित भएका छन् ।

कृषि ज्ञान केन्द्र गुल्मीले जिल्लामा रहेर ब्यबसायीक रुपमा कृषि गर्ने १६ जना युवाहरुलाई सम्मानित गरेको हो ।

सम्मानित हुनेहरुमा कालीगण्डकी गाउँपालिका वडा नम्वर एकका डिल्लीराम पाण्डे,सत्यवती ४ लिम्घाका प्रेम शाही,चन्दकोट ४ शान्तिपुरका उत्तम खत्री,मुसिकोट नगरपालिका वडा नम्वर ८ की चुमा घर्ती मगर,इश्मा ३ दर्लामचौरका गोकर्ण नेपाली,इश्मा ४ का ओम कुँवर,मदाने ३ का शोभबहादुर घर्ती,मुसिकोट ५ का मनोज पाण्डे र सरोज बेल्वासे,रेसुङगा १० का बिनोद कुँवर र ६ का प्रेम नेपाली रहेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

यस्तै छत्रकोट १ का दानबहादुर पल्ली र ४ का चिरन्जिवी पन्थ ,रुरुक्षेत्र ४ का कुलचन्द्र ज्ञवाली र ५ का संजय ज्ञवाली र रेसुङगा नगरपालिका वडा नम्वर ८ की कमला भलामी रहेका छन्् ।
युवाहरुलाई कृषि क्षेत्रमा उत्साह प्रदान गर्न ब्यबसायीक रुपमा कृषि गर्ने युवाहरुलाई सम्मान गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिए ।
कृषि ज्ञान केन्द्र गुल्मीले कृषकहरुलाई उपकरण, साना सिंचाई ,फलफूलका बिरुवाहरु लगायत प्राविधिक ज्ञानहरु प्रदान गर्दै आएको भण्डारीले दाबी गरे ।

कृषक उद्यमीहरुलाई जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले सम्मान गर्दै ब्यबसायीक रुपमा कृषि र पशुपालन गरेमा स्वदेशमानै राम्रो आम्दामी गर्न सकिनेमा जोड दिए ।
खत्रीले गुणस्तरीय उत्पादनमा जोड दिन बजारीकरणको लागि स्थानीय तहले ब्यबस्थापन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुलाई बजारीकरणको राम्रो प्रबन्ध गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा स्थानीय तहका प्रमुखहरु तथा सरकारी कार्यालयका प्रमुखहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

SHARE