चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

0
342

असार ३१,२०७९ताप्लेजुङ : चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।

बिहीबार चट्याङ लागेर मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पाको मृत्यु भएको हो।

मकै गोड्ने क्रममा चट्याङ लागेर शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

चट्याङ लागेर सोही ठाउँका १९ वर्षीय निमतेम्वा शेर्पा र १२ वर्षीय निमल्हमु शेर्पा सामान्य घाइते भएका हुन्।

SHARE