
असार ३०,२०७९ गुल्मीः नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीको आय काउन्टर शुक्रबार बन्द हुने भएको छ ।
यस आर्थिक बर्षको हिसाव मिलान गर्नुपर्ने र बार्षिक हिसाव बन्द गर्ने सिलशिलामा वितरण केन्द्र अन्र्तगतका सम्पुर्ण आय संकलन काउन्टरहरु बन्द रहने वितरण केन्द्रका प्रमुख इश्वरकुमार श्रेष्ठद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।
शुक्रबार आय संकलन काउन्टर बन्द रहदा ग्राहक बर्गमा पर्न गएको असुविधा प्रति वितरण केन्द्र क्षमाप्रार्थी रहेको श्रेष्ठद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।








