सुदूरपहाडमा भूकम्प

0
284

असार २६,२०७९ बैतडी :बैतडी र दार्चुलामा भूकम्पको धक्का महशुस गरिएको छ।

बेलुका ७ बजेर ४९ मिनेटको समयमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो।

उक्त भूकम्पको केन्द्रविन्दु दार्चुला सदरमुकामबाट १७ किलोमिटर पूर्व सितोलामा रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए।

भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ। यसअघि गत जेठ २४, वैशाख ६ र २८ गतेपनि सुदूरपहाडमा भूकम्प गएको थियो।

SHARE