करेन्ट लागेर २२ वर्षीय युवाको मृत्यु

0
419

असार २३,२०७९ कपिलबस्तु : कपिलवस्तुमा करेन्ट लागेर महाराजगञ्ज नगरपालिका–३ बर्गदा बस्ने २२ वर्षीय मुस्तकिम तेलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक जेशी शाहले बताए ।

महाराजगञ्ज नगरपालिका–१० हर्दौनास्थित घरको छत ढलान गर्ने क्रममा बुधबार साँझ करेन्ट लागेर अशक्त भएको र कपिलवस्तु अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक शाहले बताए ।

SHARE