गुल्मीमा चटयाङ लागेर १४ बर्षीय बालकको मृत्यु

0
214

असार २१,२०७९ गुल्मीः गुल्मीमा चटयाङ लागेर १४ बर्षीय बालकको मृत्यु भएको छ ।

जिल्लाको मदाने गाउँपालिका वडा नम्वर एक अग्लुङका १४ बर्षीय चन्द्र बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मंगलबार बिहान करिब ४ बजेतिर चटयाङ लागेर घाइते भएका बिष्टको उपचारका लागि गुल्मी अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख भीमबहादुर दाहालले जानकारी दिए ।

बिष्टको शबलाई पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

SHARE