
असार २०,२०७९रुपन्देही : प्रहरीले लुम्बिनी साँस्कृतिक नगरपालिका–६ बसपार्कबाट पेस्तोल र चक्कुसहित ३ जना भारतीयलाई पक्राउ गरेको छ।
उनीहरूलाई १ थान कटुवा पेस्तोल, सोही पेस्तोलको २ थान गोली र १ थान चक्कुसहित आइतबार राति प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा भारत सिद्धार्थनगर बस्ने चिनक भनिने ३४ वर्षीय मेहदी हुसेन, सोही ठाउँ बस्ने ५१ वर्षीय अकबर खान र ५५ वर्षीय आसिक अली रहेका छन्।
उनीहरू सवार युपी ५५ एडी ०६८४ नम्बरको मोटरसाइकललाई शंका लागि इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले पिछा गर्ने क्रममा मोटरसाइकलले गोरूलाई ठक्कर दिई दुर्घटना हुँदा उनीहरूको साथबाट उक्त हतियार बरामद गरेको हो।

घाइते भएका उनीहरूको मेडिकल कलेज भैरहवामा प्रहरीको निगरानीमा उपचार भइरहेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।






