रोटरीयनहरुको भूमिका र सक्रियता बढाइने

0
474

असार १८,२०७९ रुपन्देही : रोटरी क्लव अफ बुटवलको १४ सय २१ औं नियमित तथा वर्ष २०२२–२३ को प्रथम बैठक शनिबार सम्पन्न भएको छ ।

रोटरी क्लव अफ बुटवल वर्ष २०२२–२३ का अध्यक्ष बोनिन पियाको अध्यक्षतामा बसेको बैठकको एजेण्डा बिजनेश रहेको थियो । बैठकमा अध्यक्ष पियाले रोटरीले गर्ने आगामी कार्यक्रमहरुका बारेमा जानकारी गराउँदै रोटरीयनहरुको सक्रियता बढाउन विशेष पहल गर्ने बताए । उनले रोटरी भवनको सुरक्षाका लागि ट्रष्ट राख्नुपर्ने आवश्यक देखिएकाले यसका लागि बुटवल उपमहानगरपालिकालाई आग्रह गरिएको जानकारी दिए ।

बैठकमा सहभागी अन्य रोटरीयनहरुले कोभिड महामारीका कारण बिगतका बैठकहरुमा रोटरीयनहरुको उपस्थिति न्युन हुने गरेको भन्दै अवका बैठकलाई आकर्षक बनाउन र रोटरीयनहरुलाई सक्रिय बनाउने गरी पहल गर्न नेतृत्वलाई सुझाव दिएका थिए । साथै उनीहरुले ६ वटा इन्ट¥याक्ट क्लवमध्ये धेरैजसो निष्क्रिय रहेको भन्दै इन्ट¥याक्ट क्लवहरुलाई पनि सक्रिय बनाउन र रोट¥याक्ट क्लवहरुलाई पनि एकसाथ अगाडि बढाउन आग्रह गरेका थिए ।

त्यस अवसरमा प्रेसिडेन्ट काउन्सीलका अध्यक्ष अजयमान श्रेष्ठ, अन्य रोटरीयनहरुकृष्णप्रसाद अर्याल, मणिरत्न पाण्डे, मनोहर जोशी, डिल्लीप्रसाद श्रेष्ठ, प्रज्वल थान्जु, कृष्ण पराजुली, इन्ट¥याक्ट क्लवकी बिनिता खनाललगायतले विभिन्न जिज्ञासा एवं सुझाव राखेका थिए ।
बैठकमा क्लवका निवर्तमान अध्यक्ष डा. ताराप्रसाद उपाध्याय र निवर्तमान सचिव खिमनारायण पराजुलीले रोटरी क्लव अफ बुटवलले वर्ष २०२१–२२ मा प्राप्त गरेको रोटरी अवार्डबारे जानकारी गराएका थिए । त्यस्तै बैठकमा क्लवका वर्ष २०२२–२३ का सचिव लालहरि पाण्डेले अघिल्लो बैठकका निर्णयबारे जानकारी गराएका थिए ।

बैठककै अवसरमा वर्ष २०२१–२२ मा उत्कृष्ट सचिवको अवार्ड जित्न सफल खिमनारायण पराजुली, रोटरी क्लव अफ बुटवलको २९ वर्षको इतिहासमा शत प्रतिशत बैठकमा उपस्थित भएकोमा मणिरत्न पाण्डेलगायतलाई सम्मान गरिएको थियो ।

SHARE