
असार ५,२०७९ :हात्तीको आक्रमणबाट टीकापुर नगरपालिका–१ की एक महिलाको ज्यान गएको छ।
कर्णाली नदी किनार सनकट्टि घाटमा शनिबार साँझ जंगलबाट निस्केका दुई वटा हात्तीले आक्रमण गर्दा ५० वर्षीया टंक सोडारीको ज्यान गएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।
‘कर्णाली नदीमा भैरहेको तटबन्धमा मजदूरी गरिरहेकी सोडारी लगायतका कामदारहरु हात्ती देखेपछि भागेका तर सोडारीलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ। प्रहरी टोलीले खोजीगर्दा करीब दुई घण्टापछि मृत अवस्थामा भेटिएका हुन् ।

नदी किनारमा तटबन्धका लागि तीन जना महिला ढुङ्गा संकलन गरिरहेकामा एक्कासी दुई वटा हात्ती नजिकै देखेपछि दुई जना महिला भागेका तर सोडारीलाई हात्तीले लछारपछार गरी, खुट्टा भाँचेर मारेको प्रहरीको भनाइ छ।






