जेठ २७,२०७९ गुल्मीः गुल्मीमा जेसिबी पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्लाको छत्रकोट गाउँपालिका–३ लुम्छातर्फ आउँदै गरेको लु१क ४७७१ नम्बरको जेसिबी सडकदेखि करिब पाँच सय मिटर तल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको हो ।
दाङको शान्तिनगर गाउँपालिका–१ का अन्दाजी ३३ वर्षीय चालक यज्ञ वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए।
जेसिबी छत्रकोट गाउँपालिका–२, रातापानीस्थित घुर्मीदेखि लुम्छातर्फ आउँदै गर्दा बिहीबार राति करिब ११ बजे दुर्घटना भएको प्रहरी नायब उपरीक्षक खरेलले जानकारी दिए । शुक्रबार बिहान ९ बजे मात्रै स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।