गुल्मीमा जेसिबीले पल्टाएको ढुंगाले लागेर बालकको मृत्यु

0
289

हुमाकान्त पोखरेल
गुल्मी, २६ जेठ :गुल्मीमा जेसिबीले पल्टाएको ढुंगाले लागेर बालकको मृत्यु भएको छ ।

मुसिकोट नगरपालिका –२ अर्मजाका हरी रायमाझीका छोरा १४ बर्षिय गगन रायमाझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी माधव खरेलले जानकारी दिए ।

रायमाझी बिहान ९ः३० बजेको समयमा घरबाट पिपलकारुख दिदीको घर जाने क्रममा धारापानीमा माथिबाट जेसिबीले फालेको ढुंगाले लागेको थियो । प्राथमिक उपचारको लागि बडागाउँ स्वास्थ्य चौकीमा लगेपनि स्वास्थ्य चौकीले थप उपचारको लागि गुल्मी अस्पताल, तम्घास पठाएको थियो ।

तर अस्पताल नल्याउँदै बाटोमै गगनको ज्यान गएको थियो । मृतक गगन मुसिकोट नगरपालिका –३ स्थित पृथ्वी माध्यमिक विद्यालयमा कक्षा नौ का विद्यार्थी हुन ।

SHARE