वन्धक बनाई सामुहिक बलात्कार गर्ने पक्राउ

0
260

चितवन, जेठ २६ : दुई महिनादेखि एउटा कोठामा बन्धक बनाई जबरजस्ती करणी गरेको अभियोगमा चितवनमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका–९ चौधघरे बस्ने अन्दाजी ४५ वर्षका पूर्ण घलान रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभएको छ ।

घलानले पूर्वी चितवनको राप्ती नगरपालिका–६ आदर्शटोल स्थित माछापोखरीमा रहेको आफू बस्ने घर कटेरोमा राखेर २७ वर्षीया युवतीलाई दुइ महिनादेखि बलात्कार गर्दै आइरहेका प्रहरीमा उजुरी परेपछि प्रहरीले पक्राउ गरी कारवाही अघि बढाएको छ ।

SHARE