क्यासिनोबाट ६ जना पक्राउ

0
284

जेठ २५,२०७९नेपालगञ्ज : नेपालगञ्जका क्यासिनोमा छापा मारेर प्रहरीले ६ नेपालीलाई पक्राउ गरेको छ।

धम्बोझी चोक नजिक रहेको होटल सिटी प्यालेसभित्र सञ्चालनमा रहेको सीटीई गेमिङ क्लब क्यासिनोबाट छ जना नेपाली पक्राउ परेका हुन्।

उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार क्यासिनोमा नेपालीलाई जुवा खेलाउने कार्य भएको उजुरी आएकाले छापा मारेको जानकारी दिए।यस क्रममा प्रहरीले सात क्यासिनोमा छापा मारेको थियो।

SHARE