गुल्मीमा विश्व वातावरण दिवसको अवसरमा विभिन्न प्रजातीका बिरुवा रोपण : फोटो

0
490

जेठ २२,२०७९ गुल्मीः विश्व वातावरण दिवसको अवसरमा गुल्मीमा विभिन्न प्रजातिका बिरुवाहरु वृक्षारोपण गरिएको छ ।

जिल्लाको रेसुंगा नगरपालिका वडा नम्वर ९ मा रहेको धरामुल सामुदायिक वनको क्षेत्रमा ६ प्रकारका एकसय बढी बिरुवाहरु रोपण गरेको डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले जानकारी दिए ।

रोपण गरिएका बिरुवाहरुमा कल्की,धुपी ,पारिजात,तेजपात,रिठा र चाँप रहेको सापकोटाले बताए ।पृथ्वीको संरक्षण ,दिगो प्रकृतिमैत्री जीवन यापन भन्ने नाराका साथ बिरुवा रोपण गरिएको हो ।

बिरुवा रोपण गर्दै गुल्मी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बिरुवा रोपण गरेर मात्रै नहुने भन्दै यसको संरक्षण आवश्यक रहेको बताए । उनले सबै मिलेर बिरुवा रोपण र संरक्षण गर्दा पानीका मुहानहरु सुक्ने समस्याको पनि अन्त्य हुने भन्दै बिरुवा संरक्षण गर्नु नै सबैको दायित्व भएको बताए ।

बिरुवा रोपणमा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु,जनप्रतिनिधिहरु, सामुदायिक वनका प्रमुख तथा प्रतिनिधिहरु लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

यस्तै गुल्मीका अन्य स्थानीय तहहरुले दिवसको अवसरमा रचनात्मक कार्यहरु गरेका छन् ।

SHARE