इश्मामा प्रभाबकारी न्याय सम्पादनका लागि इजलास कक्ष निर्माण हुने

0
158
प्रथम कार्यपालिकाबाट भएका निर्णयहरु सार्वजनिक गर्दै प्रवक्ता पार्वती कुँवर तस्विर : खबरमार्केट

गीता पाण्डे
जेठ २०,२०७९ गुल्मीः इस्मा गाउँपालिकाले न्यायिक सम्पादनलाई प्रभाबकारी बनाउन इजलास कक्ष निर्माण गर्ने भएको छ ।
गाउँपालिकाबाट सम्पादन हुने न्यायलाई थप प्रभाबकारी बनाउन र सहज रुपमा न्यायिक सेवा प्रवाह गर्नका लागि इजलास कक्ष निर्माण गर्ने निर्णय भएको न्यायिक समितिकी संयोजक एंव गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवरले जानकारी दिइन् ।
न्यायका लागि गाउँपालिकामा आउने सर्वसाधारणसँग बसेर कुरा गर्ने समेत ठाउँ नभएकोले न्यायिक इजलास कक्षको स्थापना गर्ने निर्णय गरेको उनको भनाई छ ।

प्रवक्तामा उपाध्यक्ष कुँवर
इस्मा गाउँपालिकामा प्रवक्ताको जिम्मेवारी गाउँपालिकाका उपाध्यक्ष पार्वती कुँवरलाई प्रदान गरेको गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले जानकारी दिए । गाउँकार्यपालिकाको पहिलो बैठकबाट उपाध्यक्ष कुँवरलाई प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको हो ।

प्रवक्ता कुँवरका अनुसार गाउँपालिकामा विभिन्न विषयगत समितिहरु पनि गठन गरिएको छ ।

इस्मा गाउँपालिकाले टपरी उद्योगको स्थापना गर्ने भएको छ । गाउँपालिकाको प्रथम कार्यपालिकाको बैठकबाट टपरी उद्योग स्थापना गर्ने निर्णय गरेको कुँवरले जानकारी दिइन्।

इस्मा गाउँपालिकाले माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने अभियान सुरु गरेको छ । गाउँपालिकाले प्रथम कार्यपालिकाको बैठकबाट माध्यमिक तहसम्म विद्यार्थीहरुले मासिक शुल्क तिर्न नपर्ने निर्णय गरेको हो । जसको लागि गाउँपालिकाका सबै विद्यालयहरुले कक्षा १२ सम्म मासिक शुल्क लिन पाउने छैनन् । यसअघि कक्षा ११ र १२ मा मासिक शुल्क लाग्ने गर्दथ्यो ।

यस्तै गाउापालिकाले स्वास्थ्य स्वंमसेविकालाई प्रोत्साहन गर्ने निर्णय पनि गरेको छ । जसका लागि गर्भवती महिलालाई स्वास्थ्यचौकीमा र सुत्केरी महिला सहित नवजात शिशुलाई एम्बुलेन्स मार्फत घरसम्म पुराएमा पाँच सय भत्ता दिने निर्णय गाउँपालिकाले गरेको हो । मासिक प्रोत्साहन भत्तामा शतप्रतिशत थप गरी एक हजार दिने निर्णय गरेको छ ।

त्यस्तै वर्षायामको समय अर्थात तीन महिनाको लागि गाउँपालिकाले डोजर भाडामा ल्याई सडकको मर्मत गर्ने भएको छ।

SHARE