मुसीकोटको नगर कार्यपालिका सदस्यमा माओवादी प्यानल विजयी

0
352

जेठ २०,२०७९ रुकुम : रुकुम पश्चिमको मुसीकोट नगर कार्यपालिकामा नेकपा माओवादी केन्द्रको स्पस्ट बहुमत भएको छ । नगर कार्यपालिका निर्वाचनबाट सबै ८ जना सदस्य माओवादी केन्द्रबाट निर्वाचित भएसंगै नगर कार्यपालिकामा माओवादीको स्पस्ट बहुमत भएको हो ।

आज भएको मतदानमा ७२ जना नगर सभा सदस्यहरुले मतदान गरेका थिए । जसबाट माओवादीका सबै आठै जना निर्वाचित भएका हुन् । निर्वाचित हुनेमा दलबहादुर परियार, निर्मला नेपाली, राजु विक, निर्मला रसाईली विश्वकर्मा, रचना पुनमगर, ललिता सिर्पाली, दिलमाया खड्का ओली र देवी पुन रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचित हुने मध्ये निर्मला नेपालीले ४० मत पाउनुभयो भने अन्य सबै ७ जनाले ३९ मत ल्याए । नेपाली कांग्रेसका उम्मेदवार अनिता विक, टेकबहादुर विक, हिरा गहतराज, अञ्जना केसी विसी, खिमाकुमारी केसी, धनमाया नेपाली र भवानी शर्मा तथा नेकपा एमालेकी उम्मेदवार वमकुमारी ओली केसी पराजित भए ।

कांग्रेसका सबै उम्मेदवारले ३३ मत पाउँदा एमालेकी उम्मेदवारले ३२ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको भनाई छ । यो संगै मुुसीकोट नगर कार्यपालिकामा नेकपा माओवादी केन्द्रका १६ जना सदस्य भएका छन् । यो नगर कार्यपालिकाको कुल सदस्यको ६६।६६ प्रतिशत हो । मुसीकोटका १४ मध्ये ८ वडा माओवादीले जितेको थियो ।

नगर प्रमुख सहित ६ वडा जितेको कांग्रेसका ७ जना सदस्य छन् । कांग्रेस मुसीकोट नगर कार्यपालिकामा अल्पमतमा परेको छ । नगर कार्यपालिकामा नेकपा एकीकृत समाजवादीका १ जना सदस्य (उपमेयर) छन् ।
नगर कार्यपालिकामा पनि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेका थिए भने कांग्रेस र एमालेको तालमेल भएको थियो ।

SHARE