सुनको मूल्य घट्यो

0
246

जेठ १८,२०७९काठमाडौं :सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार दुई सय तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला ९८ हजारमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला आठ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार सात सय छ ।

यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार पाँच सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले घटेर एक हजार २५० रुपियाँ तोकिएको महासङ्घले जनाएको छ ।

SHARE