रुपन्देहीका अमिन अख्तियारको फन्दामा

0
351

जेठ १७,२०७९ रुपन्देहीः सेवाग्राहीसँग ३० हजार घुस लिँदै गर्दा नापी कार्यालय रुपन्देहीका अमिन टेकबहादुर रायमाझीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले पक्राउ गरेको छ ।

जग्गाको हालसाविक गरेबापत सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रायमाझीलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ मा रहेको ३ नम्बर नापी कार्यालयको क्वाटरबाट उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

SHARE