विमान दुर्घटनामा सवार सबै २२ जनाको शव भेटियो , बाँकी १२ शव काठमाडौं पठाउने तयारी

0
502

जेठ १७,०७९काठमाडौं : मुस्ताङमा दुर्घटनामा परेको तारा एयरको विमान दुर्घटनामा सवार सबै २२ जनाको शव भेटिएको छ।

हिजो साँझसम्म २१ जनाको शव भेटिएकोमा आज बिहान बाँकी एक जनाको पनि शव भेटिएको मुस्ताङका प्रहरी नायव उपरीक्षक रामकुमार दानीले जानकारी दिए।

भेटिएका मध्ये २० जनाको शव घटनास्थलबाट निकालिएको छ। जसमध्ये १० जनाको शव हिजै काठमाडौं ल्याइएको थियो अन्य १० जनाको शव आज विहान मुस्ताङको कोवाङसम्म ल्याइएको डिएसपी दानीले बताए।

अब दुई जनाको शव पनि कोबाङ ल्याएर १२ वटै शव काठमाडौं पठाइने मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए।

SHARE