गुणस्तरीय शिक्षा,स्वास्थ्य र रोजगारको सृजना गरी बसाई सराई रोक्नुनै पहिलो प्राथमिकता : पाण्डे

0
723

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट छत्रकोट गाउँपालिकामा नेकपा एमालेका युवा नेता रामप्रसाद पाण्डे विजयी हुनुभयो ।
उहाँले नेपाली कांग्रेसका अनन्तराम पौडेललाई ६३८ मतले पराजित गर्दै निर्वाचित हुनुभयो ।
नव निर्वाचित छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेलाई तपाईका आगामी नयाँ योजनाहरु के छन् भनेर खबरमार्केट संग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

तपाई छत्रकोट गाउँपालिकको अध्यक्षमा निर्वाचित त हुनु भयो तपाईको पहिलो योजना के छ ?

म भर्खर मात्रै निवाचित भएर पद तथा गोपनीयताको शपथ लिएको छु । गाउँपालिकामा पहिलो काम भनेको मैले बसाई सराईको दरलाई कम गर्नका लागि योजना बनाएको छु । ग्रामीण स्तरबाट बुटवल वा शहरहरुमा बसाई सराई गरी जानेको संख्या बृद्धि भइराखेकाले त्यसलाई रोक्नु नै मेरो पहिलो प्राथमिकता रहनेछ ।

बसाई सराईलाई रोक्ने आधारहरु केके छन् ?

बसाई सराईलाई रोक्नका लागि गुण्स्तरीय शिक्षा, स्वास्थ्य र बेरोजगारीहरुलाई अन्त्य गर्न सकेमा मात्र त्यसको समस्या समाधान हुन्छ । यसलाई मैले पहिलो प्राथमिकता दिएर राखेको छु । गाउँमै गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि नमुना सामुदायीक बिद्यालयहरुसंग अन्र्तक्रिया , छलफल र अबलोकन गर्ने आवश्यक परे बिज्ञहरु बोलाएर गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि योजना बनाउने गरी लागेको छु ।

बेरोजगारीलाई अन्त्य गर्ने तपाईसंग योजना केछ ?

हो गाउँमा अहिले रोजगारी नभएका कारणले पनि बसाई सराइको दरमा बृद्धि हुँदै गएकाले गाउँमै ब्यबसायीक रुपमा कृषि र पशुपालनको माध्यमबाट बेरोजगारीलाई अन्त्य गर्न सकिन्छ भन्ने मेरो बुझाई छ ।
यसका लागि गाउँपालिका भित्र साना तथा मझौला उद्योगहरु संचालन गर्ने कृषि र पशुपालनमा आधुनिकीकरण गरी उत्पादनलाई जोड दिएमा बेरोजगारीलाई केही मात्रामा हल गर्न सकिन्छ ।
किसानले उत्पादन गरेको कृषि उपजलाई बजारीकरणको ग्यारेन्टी गाउँपालिकाले गर्ने गरी योजना बनाएको छु । बजारीकरणको जिम्मा गाउँपालिकाले लिएपश्चात किसानलाई बजारको समस्या नहुने र उत्पादनमा बृद्धि हुने गरी काम मात्रै गरे पुग्ने भएकाले उत्पादनलाई नै जोड दिएर पालिका भित्रका नागरिकहरुलाई आत्म निर्भर बनाउन सकिन्छ ।

युवाहरुलाई स्वदेशमा नै टिकाई राख्ने योजना केही छन् ?

पछिल्लो समयमा युवाहरु रोजगारीकै लागि बिदेशीने क्रम पनि भएकाले युवाहरुलाई स्वदेशमानै टिकाई राख्न का लागि पनि ब्यबसायीक रुपमा कृषि र पशुपालन नै उत्तम आधार हो । दीर्घकालिन रुपमा युवाहरुलाई स्वदेशमा नै टिकाई राख्नका लागि यी बाहेक अन्य योजनाहरु पनि बनाउने गरी म लागेको छु ।
सामान्य बिरामी पर्दा पनि स्थानीयहरु पाल्पा बुटवल धाउनु पर्ने अबस्था छ यसलाई कसरी अन्त्य गर्ने ?

हो गाउँमा अझै पनि सामान्य हात खुट्टाभाँचिएर प्लस्टर गर्न पाल्पा बुटबल धाउनुपर्ने अबस्था भएको सत्य हो । गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माणधिन अबस्थामा रहेको छ । गाउँपालिका भित्रका नागरिकहरुलाई गाउँमैदक्ष डाक्टरहरु ल्याई स्वास्थ्य उपचारमा सहजता ल्याउने योजना छ । कही कतै डाक्टरहरु गाउँमा आउन नमान्ने गरेका उदाहरणहरु पनि छन् गाउँपालिकाले दक्ष डाक्टरहरुलाई गाउँकै अस्पतालमा टिकाई राख्ने गरी योजना बनाउने छ ।
समग्रमा भन्दा गाउँमै गुणस्तरीय शिक्षा ,स्वास्थ्य प्रदान गर्नु र बेरोजगारीलाई गाउँमै रोजगार सृजना गर्न सकेमा बसाई सराईको दर पनि कम हुने बिश्वास लिएको छु । ब्यबसायीक रुपमा कृषि र पशुपालनको माध्यमबाट आत्म निर्भर बनाउनु र युवाहरुलाई स्वदेशमानै टिकाई राख्ने गरी काम गर्ने मेरो प्रतिवद्धता हो ।

SHARE