गुल्मीमा गाउँपालिकाको केन्द्रबाटै नगद र रिचार्ज कार्ड सहित तीन लाख १० हजार चोरी

0
476

जेठ १४,२०७९ गुल्मीः कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाट बजारमा रहेको देउराली गल्ला तथा किराना पसलबाट झण्डै दुई लाख पचास हजार नगद चोरी भएको छ ।
शुक्रबार राती पसलको पछाडी साइडको ढोका तोडफोड गरी दूई लाख ३० हजार नगद र ८० हजारको रिचार्ज कार्ड चोरी भएको पसल संचालक डिल्लीराम पाण्डे (रामु) ले बताए ।
पसलमा सामान मगाउनका लागि नगद जम्मा गरेर राखेको मौका छोपी चोरी भएको उहाँको भनाई छ । गाउँपालिकाको केन्द्र नै रहेको बजारबाट यसरी चोरी हुनु दुःखद भएको पुर्तिघाटका बासीन्दाहरुले बताएका छन् ।
यता जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधब खरेलले चोरी गर्ने ब्यक्तिको खोजी कार्य जारी रहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

SHARE