गुल्मीमा चट्याङ् लागेर एक महिलाको मृत्यु

0
325

जेठ ११,२०७९ गुल्मीः गुल्मीमा चट्याङ् लागेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको मदाने गाउँपालिका–४ म्यालपोखरीकी ४५ वर्षीया राधिका भट्टराईको चट्याङ् लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधव खरेलले जानकारी दिए ।

गोठमा गाईबस्तुलाई घाँसपात गर्ने क्रममा चट्याङ् लागेर मृत्यु भएको खरेलले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

SHARE