कालीगण्डकी गाउँपालिकाले १५ हजार नागरिकहरुको निशुल्क स्वास्थ्य बीमा गरिदिने

0
430

जेठ १०,२०७९ गुल्मी : जिल्लाको कालीगण्डकी गाउँपालिकाले पालिका भित्रका नागरिकहरुको निशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ ।

दोस्रो कार्यकालको लागि निर्वाचित भएका बेदबहादुर थापाले पदभार ग्रहण गर्दै पालिका भित्रका १५ हजार नागरिकहरुको निशुल्क स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको जानकारी दिए ।पालिका भित्रका नागरिकहरुको निशुल्क स्वास्थ्य बीमाले न्यून आय भएका जनताहरुलाई ठुलो राहत मिल्ने भन्दै यस्तो निर्णय गरिएको उनले बताए ।

जनताको स्वास्थ्य प्रति स्थानीय सरकार गम्भीर भएको भन्दै पालिका भित्र रहेका स्वास्थ्य संस्थाहरुलाई थप गुणस्तरीय बनाउने र निर्माणधिन १५ शैयाको अस्पतालबाट गुणस्तरीय सेवा प्रवाह गननव निर्वाचित उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले बताइन् ।

स्थानीय सरकार भनेको नागरिकको नजिकको सरकार भएको भन्दै स्थानीय सरकारको अनुभूती दिने गरी काम गर्ने दर्लामीले प्रतिबद्धता समेत ब्यक्त गरिन् ।

यस्तै थापाले पालिका भित्रका जनताहरुलाई उत्पादनसंग जोडी आत्म निर्भर बनाउने गरी आफू लागेको बताए ।
कालीगण्डकी गाउँपालिका भित्र तीन हजार पाँच सय घरधुरी रहेका छन् भने १५ हजार नागरिक रहेको गाउँपालिकाले जनाएको छ ।

SHARE