गुल्मीमा एउटै उम्मेदवार बाबु र छोरासँग पराजित

बाबुले देखेको सपना छोराले पूरा गर्ने उद्घोष

0
513

जेठ १०,२०७९ गुल्मी : गुल्मीमा नेकपा एमालेका उम्मेद्वार बाबु र छोरासंग २०७४ र ०७९को स्थानीय तहको निर्वाचनमा पनि पराजित हुनुभएको छ ।
गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकामा कृष्णबहादुर भुसाल २०७४ सालमा नेपाली कांग्रेसका उम्मेदवार आशोकुमार थापासँग ८५० मतान्तरले पराजित हुनुभयो ।
२०७४ सालमा थापाले ५ हजार ५७५ मत ल्याउनुभएको थियो भने भुसालले ४ हजार ७५० मत प्राप्त गर्नुभएको थियो ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा अशोककुमार थापाका छोरा सरोजकुमार थापासँग पनि कृष्ण भुसाल पराजित हुनुभयो ।
अध्यक्षमा सरोजकुमार थापाले ६ हजार १६६ मत विजयी हुनुभयो भने निकटतम प्रतिद्धन्द्धी कृष्ण भुसालले ५ हजार ६०२ मत ल्याएर पराजित हुनुभयो ।

तत्कालिन गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाको २०७८ साल असार ३१ गते काठमाडौंमा उपचारको क्रममा निधन भयो । बुबाको निधन पछि नेपाली कांग्रेसले उहाँका छोरालाई नै उम्मेदवार बनायो ।

बुवाले देखेका सपनाहरु पूरा गर्छु : नवनिर्वाचित अध्यक्ष

नव निर्वाचित अध्यक्ष सरोजकुमार थापाले बुवाले देखेका सपनाहरुलाई पूरा गरेरै छाड्ने दाबी गर्नुभएको छ । गाउँपालिका भित्र पुराना तथा अधुरा कामहरुलाई पूरा गर्न तर्फ ध्यान केन्द्रित रहने बताउनुभयो । बुवाले देखेको पहिलो सपना गाउँपालिका भित्रका प्रत्येक नागरिकको घरमा एक घर एक धारा पिउने पानीलाई पूरा गर्ने प्रमुख लक्ष्य रहेको बताउनुभयो । गाउँपालिका भित्रका ५ हजार दुई सय घरधुरी मध्ये ३ हजार घरधुरीमा शुद्ध खानेपानी पुगेको छ ।

आफनै प्रशासकीय भवनमा बस्ने बुवाको योजना अपुरो

तत्कालिन गाउँपालिकाका अध्यक्ष तथा बर्तमान अध्यक्षका बुवा अशोककुमार थापालाई गाउँपालिकाको आफनै प्रशासकीय भबनमा बसेर सेवा प्रवाह गर्ने ठूलो धोको थियो । तर भबनको जग समेत बसाल्न नपाउँदै उहाँको निधन भयो ।

बुबाले देखेको सपनालाई पूरा गर्नका लागि गुल्मीदरबार गाउँपालिका वडा नम्वर ३ को वनको १२ रोपनी सार्वजनिक जग्गामा वातावरणीइ परीक्षण गरी डिपीआर गर्नै योजनामा रहेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो । डिपीआर तयार पश्चात जग्गा प्राप्तीका लागि मन्त्रीपरिषदको निर्णय पश्चात भवन निमाणको प्रक्रिया अगाडी बढ्ने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा क्याम्पस संचालन गर्ने लक्ष्य

थापाले गाउँपालिकामा शैक्षिक क्याम्पस बनाउन बुवाले सोचेको भन्दै त्यसलाई पनि अगाडी बढाउने बताउनुभएको छ । गाउँपालिका भित्रका बिद्याथीहरुलाई उच्च शिक्षा हासिल गर्न अन्यन्त्र जानुपर्ने बाध्यता भएकाले गाउँपालिकामै क्याम्पस संचालन गर्ने बिषयलाई पनि प्राथमिकताका साथ राखेको बताउनुभएको छ ।

गाउँमै गुणस्तरीय शिक्षा र स्वास्थ्यको ब्यबस्था गर्नका लागि आफुले प्राथमिकता दिएको उहाँले बताउनुभएको छ ।
उहाँले कृषिलाई आधुनिकीकरण गरी गाउँपालिका भित्रका नागरिकहरुलाई आत्म निर्भर बनाउने गरी आफूले योजना बनाएको बताउनुभएको छ । गाउँपालिका भित्रको जग्गालाई बाँझो नराख्नेगरी भूमी बैंकलाई प्रभाबकारी बनाउने बताउनुभयो ।
२०४० सालमा नेबिसंघको सदस्यता लिएका थापाले शिक्षण पेशा संगै २०४८ सालमा नेबिसंघ गुल्मीको जिल्ला सदस्य बने । २०५२ सालमा नेबिसंघको क्षेत्रीय सभापति बनेका थापा अहिले नेपाली कांग्रेस गुल्मीका जिल्ला सदस्य रहेका छन् ।

हालै सम्पन्न निर्वाचनमा गाउँपालिकामा रहेका ७ वटा वडामध्ये ४ वटा वडामा नेपाली कांग्रेस र ३ वटा वडामा नेकपा एमालेले विजयी भएको छ ।

SHARE