मुसिकोट नगरपालिकाका प्रभावकारी कार्यहरू

0
704

मुसिकोट नगरपालिकाले विगत ५ बर्षको समय अवधिमा गरेका प्रभाबकारी कार्यहरुलाई सार्वजनिक गरेको छ ।
सोमबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी ५ बर्षको समय अवधिमा गरेका कार्यहरुलाई पूर्व नगरप्रमुख सोमनाथ सापकोटाले सार्वजनिक गर्नुभएको हो ।

हेरौ सो समयमा भएका कार्यहरुको विवरण

स्थानीय कानूनहरू निर्माण, (शासकिय पुर्वाधारहरु)
बौद्धिक संमेलन सम्पन्न,
उज्यालो नगरपालिका घोषणा,
कृषि ऋणमा ५० प्रतिशत व्याज अनुदान,
बडिगाढ करिडोर सम्मेलन,
कफि लगाउँ, आम्दानी बढाउँ कार्यक्रम,
खरका छानामुक्त अभियान तिव्र रुपमा संचालन,
विद्यालय दिवा खाजा कार्यक्रम,
सहुलियतपूर्ण कर्जा कार्यक्रम,
एक घर, एक धारा अभियान,
माहुरी स्मार्ट कार्यक्रम,
विभिन्न पकेट कार्यक्रमहरु, (बाख्रा, कफि, मकै, माहुरी, कागती)
सामूदायिक विकासका लागि बाख्रा उद्यम परियोजना (हेफर),
पूर्वाधार युक्त खेलकुद मैदान,
भरपर्दा पुर्वाधारहरुको निर्माण प्रक्रिया, (बिद्यालय भवनहरु, प्रशासकिय भवन, १५ शैयाको आधारभूत अस्पताल, बहुउद्देश्यीय सभाहल, कभर्ड हल)
कृषि हाटबजारको थालनी,
गौरबका योजनाहरु पहिचान र बिकास,
उद्यमी बिकास क्रियाकलावहरु,
उच्च भौतिक र बित्तिय प्रगती,
उत्कृष्ट उद्यमी छनौट (१२५ वाट ४० – २० – १० र २ उत्कृष्ट उद्यमी छनौट गरिएको छ)
स्थानीय तह स्वमुल्याङ्कनमा ७२ अंक प्राप्त

आवास निर्माण
१) भुकम्प पुन:निर्माणभएका निजी आवास ७५४ घरधुरी
२) मनसुनजन्य विपदबाट निर्माणको क्रममा रहेका
५२ घर पुन:निर्माण र २८ घर प्रवलीकरण गरी जम्मा ८० घर)
३) सुरक्षित नागरिक आवास कार्यक्रमबाट निर्माण भएका घर
१६० घर
४) खरका छाना विस्थापन कार्यक्रमबाट निर्माण भएका घरहरु
७६८ घर
५) जनता आवास कार्यक्रमबाट निर्माण भएका घरहरु
२०० घर
६) बस्ति स्थानान्तरण आँपचौर
१२ घर
७) निर्वाचित भएको १०० दिनमा विद्दुत नभएका ४९५ घरमा विद्दुत उपलब्ध गराई उज्यालो नगरपालिका घोषणा

खानेपानी तथा सरसफाई
४९०३२ घरधुरीमा एक घर एक धारा सम्पन्न
४९ योजना सम्पन्न
६० करोड लगानी


पशु सेवा शाखाको प्रगति विवरण

विशेषअनुदान प्रतिव्यक्ति ३ लाख १०
गोठ सुधार रु७५०० का दरले ३७१
बाख्रा टेवाकार्यक्रम रु १० हजार का दरेल १४४
स्वाँराहोमस्टे बाख्रा पालन समुह(रु ४ लाख) १९
फलफल खेति १०
व्याड बोकावितरण १२
माछा पालन रु ५लाख १
ब्रोइलर कुखुरापालन २५
उन्नत जातकागाइभैसी खरिद १३
भकारो सुधारनेपाल लाईभस्टर सेक्टर बुटवल मार्फत रु ३० हजारका दरले १०
बाख्रा मिसनकार्यक्रम भेटेरेनेरी अस्पताल पाल्पा मार्फत रु २ लाखका दरले ७
कोभिड प्रभावितभइ गाउँ फर्केका युवा युवतीहरुलाई अनुदान रु १९,७०० का दरले ७५


पूर्वाधार विकास

सडक पूर्वाधार
नयाँ ट्रयाक- २०.३८किमि
स्तरोन्नति- १५.४३ किमि
ग्राभेल- ५५ किमि
स्टोन म्यासिनरी- १४७.७७ मि.
ग्याभिन जाली- ५५५ घ.मि.
ह्यमपाइप- १२० वटा

SHARE