मुसिकोट नगरपालिकामा नेकपा एमालेका जीवन खरेल विजयी

0
477

जेठ ३,२०७९ गुल्मीः गुल्मीको मुसिकोट नगरपालिकामा नेकपा एमालेका जीवन खरेल ७ हजार ३९९ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका हरीनारायण सापकोटाले ६ हजार ६०६ मत प्राप्त गरेका छन्

यस्तै उपप्रमुखमा नेकपा एमालेकी गंगा श्रेष्ठले ७ हजार ११ मत ल्याएर विजयी भएकी छन् । उनका प्रतिद्धन्द्धी एकीकृत समाजवादीका श्रीराम महतले ६ हजार ३२३ मत प्राप्त गरे ।

यस नगरपालिकामा २०७४ को निर्वाचनमा पनि एमालेकै प्रमुख र उपप्रमुख थिए ।

SHARE