धुर्कोटमा माओवादी केन्द्रका भुपाल पोखरेल निर्वाचित

0
335

जेठ २,२०७९ गुल्मी ःगुल्मीको धुर्कोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रका भुपाल पोखरेल दोस्रो कार्यकालका लागी निर्वाचित भएका छन्

उहाँले ६ हजार ८९ मत ल्याई विजयी भएको निर्वाचन अधिकृत मुना पौडेलले जानकारी दिइन् ।उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका महेन्द्र भण्डारीले ४ हजार २६१ मत प्राप्त गरे ।

यस्तै गाउँपालिकाको उपाध्यक्षमा सीता गिरीले ६ हजार एक मत प्राप्त गरी निर्वाचित भइन् । उनका प्रतिद्धन्द्धी एकीकृत समाजबादीका चन्द्रबहादुर सुनारले ३ हजार ४८८ मत प्राप्त गरे ।

धुर्कोटमा नेकपा माओवादी केन्द्र र एमाले बीचको तालमेलबाट भुपाल पोखरेल , नेपाली कांग्रेस र समाजबादी बीचको तालमेलबाट महेन्द्र भण्डारी चुनावी मैदानमा रहेका थिए ।

SHARE