छत्रकोटमा नेकपा एमालेका रामप्रसाद पान्डे विजयी

0
323

जेठ २,२०७९ गुल्मीःगुल्मीको छत्रकोटमा नेकपा एमालेका रामप्रसाद पान्डे विजयी भएका छन् ।

उनले ६ हजार ५८६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका अनन्तराम पौडेलले ५ हजार ९४८मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा एमालेकै साबित्रा ज्ञवालीले ६ हजार ४७२ मत प्राप्त गरी विजयी भएकी छन् ।
उनको निकटतम प्रतिद्धन्द्धी जनमोर्चाका गुमान सिंह पुन मगरले ५ हजार १२४ मत प्राप्त गरेका छन् ।

SHARE