गुल्मीका २७९ मतदान केन्द्रमा मतदान सुरु

0
460

वैशाख ३०,२०७९ गुल्मीः गल्मीका १२ वटै स्थानीय तहमा मतदान सुरु भएको छ ।

जिल्लामा रहेका २७९ मतदान केन्द्रमा बिहान ७ बजेदेखी मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेले जानकारी दिनुभयो ।

निर्वाचनलाई लक्षित गर्दै जिल्लको सुरक्षा ब्यबस्थालाई कडा बनाइएको छ । जिल्लामा आज पासबाहेकका सवारी साधनहरु चलेका छैनन् ।

जिल्लामा दुई लाख २४ हजार २७६ जना मतदाता रहेका छन् । निर्वाचनको लागि एक सय ४२ मतदान स्थल रहेको छ भने दुई सय ७९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

SHARE