जंगलमा जुनमायाको शव फेला

0
449

वैशाख २७,२०७९ रुकुमःरुकुम पूर्वको जंगलमा एक महिलाको शव फेला परेको छ ।

जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका– ११ की ३९ वर्षीया जुनमाया बुढाको शव सोमबार फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक कृष्ण खत्रीका अनुसार उपल्लो सेरास्थित जंगलमा शव भेटिएको जानकारी दिए।

घटनाको बारेमा थप अनुसन्धान सुरु गरिएको र शवलाई घटनास्थलबाट पोष्टमार्टमको लागि रुकुम पूर्व अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

SHARE