
बैशाख २१,२०७९ गुल्मी:मुसिकाेट नगरपालिकाका उपप्रमुख पदका उम्मेदवार श्रीराम महतले मुसिकाेटलाई कफिवाटै चिनाउने वताएका छन ।
निर्वाचन प्रचारप्रसार तथा घरदैलाे कार्यक्रम गर्दै मुसिकाेट नगरपालिका आपचाैरमा पुगेका उपप्रमुख पदका उम्मेदवार महतले कफिले मुसिकाेटकाे परिचय गराउने बताएका हुन । कफिकाे उदगम स्थल गुल्मीकाे आपचाैर भएर पनि कफिले यहाँको परिचय वनाउन नसकिएकोप्रति आफुलाई दुख लागेकाे भन्दै महतले मुसिकाेटलाई कफिकाे नगरपालिकाले विश्वभर चिनाउने आफ्नो प्रतिवद्वता रहेकाे वताए ।
ईलाम चियाको जिल्ला भनेर वर्षमा लाखौं पर्यटकहरु पुग्ने गरेकाे वताउदै मुसिकाेट नगरपालिकालाई कफिकाे नगरपालिका रुपमा चिनाउदै आगामी ५ बर्षमा यहाँ पनि पर्यटकहरु भित्र्याउने गरि याेजना वनाएर जानुपर्ने र मुसिकाेटलाई कफिकाे नगरपालिका भनेर चिनाउने महतकाे भनाई रहेको थियाे । उनले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा मुसिकाेटमा साझा गठबन्धनका उम्मेदवारहरुकाे विजयीले मुसिकाेटका जनताहरुकाे जिवनस्तर वदलिने दावी गरे । निर्वाचनमा प्रमुख पदमा रुख र उपप्रमुखमा आफुलाई कलम चिन्हमा मतदान गर्न अपिल गरे ।

चुनावी कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय सचिव रामकुमारी झाँक्री,नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारी लगायतका नेताहरू समेतकाे सहभागीता रहेकाे थियाे । काम नगर्ने गुल्मीका नेताका दिन सकिएकाे बताएकी छन ।
कार्यक्रम वाेल्दै झाँक्री र भण्डारीले चुनावी समयमा चिल्ला भाषण गर्नेका दिन अब गुल्मीमा सकिएकाले मुसिकाेटकाे नगरप्रमुख हरिनारायण सापकोटा र उपप्रमुख श्रीराम महतकाे नेतृत्व रहेका काम गर्ने गठबन्धनका साझा उम्मेदवारहरू विजयी वनाउन स्थानीयहरुसगँ आग्रह गरेका थिए ।








