आज पनि घट्यो सुनको भाउ

0
349

वैशाख २०,२०७९काठमाडौं : आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ।

सोमबार प्रतितोला ९८ हजार २०० मा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९७ हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, हिजो प्रतितोला ९७ हजार ७०० मा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९६ हजार ७०० मा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य भने स्थिर नै रहेको महासंघले बताएको छ।

SHARE