वैशाख १९,२०७९ गुल्मी : गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–२ छल्दीका ४० वर्षका गोकर्ण थापाको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
घरमा बिद्युत नबलेको र मर्मत गर्नका लागी बिजुलिको पोलमा काम गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका थिए । घाइते थापाको उपचारको क्रममा भैरहवा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।