गुल्मी, १८ बैशाख / साझा नेटवर्क मिडिया प्रालिले भित्तेपात्राे विमाेचन गरेको छ । गुल्मीकाे सदरमुकाम तम्घासमा साझा नेटवर्क मिडिया प्रालिले आइतबार यस वर्षको भित्तेपात्राे विमाेचन गरेको हो ।
भित्तेपात्राे विमाेचन गर्दै प्रमुख अतिथि रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले साझा नेटवर्कले सुचनाकाे माध्यमबाट उल्लेखनीय भूमिका निर्वाह गरेको बताए । पत्रकारहरुले सहि सुचना सम्प्रेषण गर्नुपर्ने भन्दै भुसालले संचारमाध्यमका संस्था सबैका साझा संस्था भएको बताए । नगरपालिका प्रमुख भुसालले आगामी दिनमा पनि थप प्रगति गर्न साझा नेटवर्क मिडियालाई शुभकामना व्यक्त गरे । साझाले गुल्मी जिल्लामा रहेर क्रियाशील रुपमा पत्रकारिता गरिरहेका पत्रकार सन्तोष महतारालाई सम्मान गरेको थियो ।
भित्तेपात्राे विमाेचन कार्यक्रमका अध्यक्ष तथा साझा नेटवर्क मिडिया प्रालिका अध्यक्ष केशव कँडेलले अनलाइन पत्रिकाको रुपमा साझा नेटवर्क रहेको बताए । उनले साझालाई सहयोग गर्ने गुल्मीका सबै पत्रकारलाई धन्यवाद दिए । कँडेलले साझालाई कतारबाट ७ जनाले निरन्तर सहयोग गरिरहेकाे पनि बताए । भित्तेपात्राे विमाेचन कार्यक्रममा स्वागत मनतव्य राख्दै साझा नेटवर्क मिडिया प्रालिका सल्लाहकार हिम शिखर रसाइलीले एक दशक देखि सुचनाकाे माध्यमबाट निरन्तर क्रियाशील रहेको बताएका थिए । भित्तेपात्राे विमाेचन कार्यक्रमकाे संचालन पत्रकार मनाेज कार्कीले गरेका थिए ।
साझा नेटवर्क मिडिया प्रालि वि.सं. २०७३ आधिकारिक रुपमा दर्ता भई संचालनमा आएको हो । साझाले अघिल्लाे वर्ष पनि भित्तेपात्राे विमाेचन गरेको थियो ।