बैशाख १८,२०७९ गुल्मी :धुर्कोटका घर घरमा राजनीतिक दलका झन्डाहरु नराख्ने यहाका राजनीतिक दलहरु बीच सम्झौता भएको छ।
यही बैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनमा निर्बाचनलाइ स्वच्छ ,शान्त तरीकाबाट सम्पन्न गर्नका लागी यहाँका दलहरु बीच यस्तो सहमति भएको निर्वाचन अधिकृत मुना पौडेलले जानकारी दिनुभयो ।
आइतबार जिल्ला सुरक्षा समितिको टोलीसङ भएको छलफलको क्रममा उहाँले यस्तो बताउनुभएको हो।
निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्नका लागि सुरक्षाको टोली मजबुत रहेको बन्दै ढुक्कसँग मतदान गर्न गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले आग्रह गर्नुभयो । जिल्लाको सुरक्षा समितिले मतगणना स्थलको पनि अनुगमन गरेको थियो ।
धुर्कोटमा मतदान स्थल ११ वटा रहेका छन । यहाँको मतदाता संख्या १८ हजार ८७० रहेको निर्वाचन अधिकृत पौडेलले जानकारी दिनुभयो ।