काँग्रेसले बागी उम्मेदवार, उम्मेदवारका प्रस्तावक र समर्थकलाई निष्कासन गर्ने

0
336

१६ बैशाख : स्थानीय तहको निर्वाचनमा विद्रोही उम्मेदवारी दर्ता गर्नेलाई नेपाली कांग्रेसले स्वतः पार्टीबाट निष्कासन गर्ने भएको छ।
उमेदवारसहित उसको प्रस्तावक र समर्थक समेतलाई पार्टी अनुशासन उलंघन गरेको आरोपमा स्वतः निस्कासन गर्ने कांग्रेसले जनाएको हो ।

पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गराउनेलाई शुक्रबार ५ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन पार्टीले शुक्रबार विहान विज्ञप्ती प्रकाशन गर्दै आग्रह गरेको हो ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा हस्ताक्षरित विज्ञप्तीमा पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएको छ । तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७(संशोधन सहित) को धारा ४ (१३)(ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने विज्ञप्तीमा उल्लेख गरेको छ ।

SHARE