गुल्मीमा होटल तोडफोड गरी नगद ६० हजार चोरी गर्ने दुई जना पक्राउ

0
392
जिल्ला प्रहरी कार्यालय गुल्मी । तस्बिर : तिलाचन पाण्डे

गीता पाण्डे
बैशाख१६,२०७९ गुल्मी : गुल्मीमा गत चैत २१ गते होटलको ढोका तोडफोड गरी नगद ६० हजार चोरी गरी फरार रहेका दूई जना प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

चैत २१ गते जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्वर १ साकिनेका यमबहादुर सुनारको शिद्धबाबा होटलको राती करिब १० बजे ढोका तोडफोड गरी नगद ६० हजार चोरी भएको थियो ।

पका्रउ पर्नेमा अर्घाखाँचीको मालारानी २ का १९ बर्षीय सागर परियार र मिलन कुँवरलाई बैशाख १५ गते अर्घाखाँचीको डाडाखर्कबाट पक्राउ गरिएको गुल्मी जिल्लाका प्रहरी नायव उपरीक्षक माधब खरेलले जानकारी दिए ।

उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र चोरी मुद्धामा थप अनुसन्धान जारी रहेको खरेलले बताए ।

होटल संचालक सुनारले चैत २१ गते नै होटलबाट नगद चोरी भएको प्रहरीमा जानकारी गराएका थिए ।

SHARE