साथीको कोठामा बसेका म्यादी प्रहरीको ज्यान गयो

0
284

बैशाख १६,०७९हुम्ला : सदरमुकाम सिमकोटमा एक म्यादी प्रहरीको मृत्यु भएको छ।

सिमकोटको माथिल्लो बजारमा साथीको डेरामा बस्दै आएका सर्केगाड गाउँपालिका–६ का ४५ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाका अनुसार कोठामा झ्याल ढोका सबै बन्द गरेर सुतेका रोकाया बिहीबार मृत अवस्थामा भेटिएका हुन्।

उनको मृत्युको कारण खुल्न सकेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।

SHARE