मालिकामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

0
642

बैशाख १५,२०७९म्याग्दी : मालिका गाउँपालिका–६ बांगेपहिरोमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ।

दरवाङबाट बाबियाचौर जादै गरेको ग९प–७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका–५ गरजराका २३ वर्षीय भविन्द्र किसानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी निरीक्षक राजन ढकालले किसानको घटनास्थलमै मृत्यु भएको बताए। मोटरसाइकको पछाडि बसेका मंगला गाउँपालिका–२ का २५ वर्षीय सन्तोष किसानलाई सामान्य चोट लागेको छ।

बिहान करिब ३ बजे सडकबाट मोटरसाइकल करिब १०० मिटर तल खसेको थियो।

SHARE