बाँकी अधुरा कामहरुलाई पुरा गर्नुछ : उपाध्यक्ष उम्मेदवार खत्री

0
234

अनिल खत्री
१४ वैशाख, गुल्मी : वैशाख ३० गते हुने स्थानीय निर्वाचनको निम्ती गुल्मीमा पनि चुनावी सरगर्मी वढदै गएको छ । बिभिन्न दलहरुले निर्वाचन बिशेष अभियान, बिभिन्न पार्टीका उम्मेदवारहरुले घरदैलो गर्न थाले सगै चुनावी रौनक तात्न थालेको छ ।

गुल्मीमा रहेका २ नगरपालिका र १० गाउँपालिका सहित ९३ वडामा निर्वाचनका गतिबिधिहरु वढ्न थालेका छन् । स्थानीय तह निर्वाचनको लागि इस्मा गाउँपालिका उपाध्यक्ष पदबाट राजिनामा दिएर दोस्रो कार्यकालका लागि (नेकपा) एमाले तर्फबाट उम्मेदवार बनेकी छन् ।

दोस्रो कार्यालकालका लागि उम्मेदवार बनेकी उपाध्यक्ष उम्मेदवार बिमला खत्रीले जनताको सेवामा ५ वर्षको अबधीमा बाँकी अधुरा कामहरुलाई पुरा गर्न उम्मेदवार बनेकी प्रतिक्रिया दिइन् । उनले राजनिति सेवा सुबिधा भोग गर्ने भन्दा पनि सेवा मुखि हुनुपर्छ भन्ने मान्यता आफुले स्थापित गरेको बताइन् ।

गाउँपालिका उपाध्यक्ष पदमा रहदा खत्रीले पालिका भित्र रहेका वडाहरु कुनै विपदमा होस या कुनै अफठ्यो अबस्थामा नागरिकको घरदैलो मै तुरुन्त पुग्ने गर्द थिइन । सामाजिक काममा दृढ संकल्पन बोकेकी उपाध्यक्ष उम्मेदवार खत्री प्रष्ट बोल्ने कुरा भन्दा पनि कामले नागरिकको मन जित्दै आएकी थिइन् ।

दुई वर्षसम्म चलेको कोरोना महामारीमा उनि अग्र भागमा रहेका नागरिकको घरदैलो मै सेवा लिएर पुग्ने गर्दथिइन । पालिका भित्र घटेका विपदका घटनाहरु सबैभन्दा पहिले उद्धार राहत लिएर माफै पुग्ने गर्दथिइन ।

उनले पालिका भित्र पाच वर्षको अबधीमा कैयौं समाज सुधारका कामहरु गर्दै आएकी छन् । महिलाहरुले चाहे भने समाज केहि गर्न सक्छन् भन्ने मुल्य मान्यता स्थापित खत्रीले गरेकी थिइन् ।
उनिलाई यस्तै सामाजिक कार्यले गर्दा जिल्ला भरका उपाध्यक्ष मध्ये काम गर्ने उपाध्यक्षको रुपमा आफनो नाम परिचित बनाउन सुफल भएकी छन् । जसले गर्दा उनले पुनः दोस्रो कार्यकालका लागि गाउँपालिका उपाध्यक्ष दोहोरीन उम्मेदवार बनेकी छन् ।

पहिलो कार्यकाल पाँच वर्षमा धेरै कामहरु भएपनि अझै केहि कामहरु पुरा गर्नको लागि आफु फेरि उम्मेदवार बनेर जनताको घरदैलेमा आएको उम्मेदवार खत्रीले बताइन् । पाँच वर्षको कामको मुल्याङकन गरेर पुनः निर्वाचित गराउने उनले दाबी रहेको छ ।

देसमा केहि गर्नु पर्छ गर्न सकिन्छ भन्ने वातावरण सृजना गर्नु मुख्ये मुख्य भुमिका रहने खत्रीले बताइन् । जव सम्म उत्पादन हुँदैन तव सम्म आत्मा निर्भर भइदैन त्यसको निम्ती यो स्थानिय तहले अबसर ल्याउने उनको भनाई छ ।

महिला पनि नेतृत्वदायि भुमिकामा पुग्न सक्छन केहि गर्छन् र त्यो उदारणिय पाठ मैले मेरो गाउँपालिका केहि प्रस्तुत गरेको बताइन् । खत्रीको साविकको हस्तिचौर गाविसमा लोकप्रिय महिला नेतृको रुपमा चिनिएकी थिइन ।

बिद्यार्थी जिवनबाटै राजनितिमा सक्रिए खत्री समाज सुधार,महिला हक अधिकार देखि लिएर समाजमा पछाडि पारिएका बर्ग समुदायको उत्थानका लागी काम गर्दै आएकी छन् । निर्वाचनको मिती नजिकिदै गर्दा बिमला अहिले घरदैलोमा ब्यस्त छिन ।

घरदैलोको शिलशिलामा सबैको साथ सहयोग र सर्मथन फेरि जनता माझ आएको खत्रीको भनाई छ । २०५४ सालबाट अनेरास्ववीयुबाट एमालेको राजनितीमा सक्रिय खत्रीले करिब ८ बर्ष स्थानिय जनज्योति निम्न माध्यमिक बिद्यालयमा अध्यापन शिक्षिका थिइन ।

२०६८ सालमा टोल सुधार समिती गठन गरि अन्यायमा पर्दै आएका महिला र पछाडी पारिएका बर्ग समुदायको उत्थानमा खत्रीको क्रियाशिलता उल्लेखनिय रहेको छ । गांउँपालिकाको उपप्रमुखमा निर्वाचित भए पछि पाँच वर्षको अबधिमा पालिका भित्र शिक्षा, स्वास्थ्य, सडक खानेपानी, अधिकारमा सबैको पहुंचु पु¥याउने आफनो पहलकदमी थालनी गरेको बताइन् ।

इस्मा गाउँपालिकामा (नेकपा) एमाले तर्फबाट गाउँपालिकाको अध्यक्ष पदमा हिरा एसीलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसको तफर्बाट गाउँपालिकाको अध्यक्ष पदमा भगत खड्का र उपाध्यक्ष पदमा पार्वती कुँवरलाई उम्मेदवार बनाएको छ ।

यो गाउँपालिकामा ०७४ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष उपाध्यक्ष सहित ५ वटा वडामा नेकपा एमालेले जीतेको थियो । बाँकी एउटा वडामा नेपाली कांग्रेसले जीतेको थियो ।
गाउँपालिकामा तीन ठूला दल छुट्टा छुट्टै निर्वाचनमा गएका थिए ।

SHARE